बिहीबार, चैत १५, २०८०

काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज ९ गते २०:५८

काठमाडौँ । काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजनको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका १ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

Advertisement

प्रतिक्रिया