बुधबार, वैशाख १२, २०८१

थप १५ सय जनामा डेंगु संक्रमण पुष्टि

मेरोन्यूज २०७९ असोज ९ गते १८:३०

काठमाडौँ । देशभर थप एक हजार पाँच सयभन्दा बढी मानिसमा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको छ ।

डेंगु संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयको अनुसार अहिलेसम्म बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । संक्रमितको संख्या थप बढ्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया