शुक्रबार, चैत १६, २०८०

गैँडाको खागसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ असोज ९ गते १८:२४

काठमाडौँ । टोखा नगरपालिका ९ नयाँ बसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खागसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा गौरी शंकर गाउँपालिका ४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तर गंगा गाउँपालिका ८ घर भएका ३९ वर्षीय प्रेम कुमारी घर्ती रहेका छन् ।

उक्त गेष्टहाउसमा गैंडाको खाग लुकाएर राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले गेष्टहाउसमा तलासी गरेको थियो ।

सोही क्रममा लुकाएर राखेको अवस्थामा उक्त गैंडाको खाग फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया