बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोग पुगे

मेरोन्यूज २०७९ असोज ९ गते १६:३५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर आयोगमा पुगेका छन् ।

आचारसंहिता कार्यान्वयनबार अन्तक्रियामा सहभागी हुन कांग्रेस सभापतिसमेत रहेका देउवा निर्वाचन आयोग पुगेका हुन् ।

आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत पुगेका छन् ।

प्रतिक्रिया