बुधबार, वैशाख १२, २०८१

गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो : बाबुराम भट्टराई

मेरोन्यूज २०७९ असोज ९ गते १६:१८

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिले संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए । उनले संघीयतालाई मिच्नेहरूलाई रोक्न उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए ।

‘अहिले म कसैको नाम लिन चाहन्न, उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिचिदिने, जुन काम भइरहेको छ, कोहीको पनि जिम्मेवारी छैन, भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र डुंगामा प्वाल पार्दिने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘त्यसलाई रोक्न हामीले लोकतन्त्रको सदृढीकरणको विषय महत्वपूर्ण छ, उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ ।’

उनले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभइ नहुने भन्दै संघीयतामा गए पनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताए । उनले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गरे ।

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे । उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, तीन वर्षमा तीन सय दिन ताला लगाएर तलब भत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे ।

प्रतिक्रिया