बिहीबार, चैत १५, २०८०

तत्कालीन गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेरोन्यूज २०७९ असोज ९ गते १५:५५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले नौ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस २ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् ।

दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।

विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

Advertisement

प्रतिक्रिया