शुक्रबार, वैशाख १४, २०८१

सभामुख र उपसभामुखको कार्यकालमाथि प्रश्न गर्दै सर्वोच्चको कारण देखाउ आदेश

मेरोन्यूज २०७९ असोज ९ गते १४:५६

काठमाडौँ । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।

साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए । दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया