शनिबार, वैशाख ८, २०८१

हामी चितवनबाट देशलाई विकासको मोडल देखाइदिन्छौँ : प्रचण्ड

मेरोन्यूज २०७९ असोज ९ गते १३:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवनबाट देशलाई नै विकासको मोडल देखाइदिने बताएका छन्। आइतबार भरतपुरमा भएको पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधनका क्रममा चितवनबाट देशलाई विकासको मोडल देखाई दिने बताएका छन्। उनले भने, ‘मलाई यो क्षेत्रको नेताका रुपमा ठूलो जिम्मेवारी दिनु भएको छ। हाम्रो निकै लामो संघर्ष र बलिदानबाट समावेशी र संघीय गणतन्त्र आइसकेको छ। सबैलाई समानता र विकासको तीव्र गतिको चाहिएको छ।’

प्रचण्डले विभिन्न दल र समुदाय मात्रै होइन उद्यमीहरु पनि पार्टीमा प्रवेश गरेको बताउँदै चितवनमा नमुना विकासको प्रयास गरिररहेको तर्क गरे।

प्रतिक्रिया