शनिबार, वैशाख ८, २०८१

सान्जेन जलविद्युतको आईपीओमा साढे ३४ करोड रुपैयाँको आवेदन

मेरोन्यूज २०७९ असोज ९ गते १२:३८

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आइतबार ९ असोज बिहानसम्म १६ हजार ९८५ जना आवेदकले ३४ लाख ४४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, अझै २ लाख ५ हजार ६३० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ ।

सान्जेनले गत ५ भदौदेखि १ सयअंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं। ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ ।

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया