शुक्रबार, वैशाख ७, २०८१

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

मेरोन्यूज २०७९ असोज ९ गते १२:०७

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा भएको कारोबार थियो ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया