शनिबार, वैशाख ८, २०८१

राष्ट्रपतिविरूद्ध परेका मुद्दा न्यायाधीस फुयालको इजलासमा

मेरोन्यूज २०७९ असोज ९ गते ११:१८

काठमाडौं । संघीय संसदले दोहोर्‍ याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरूमा आज सुनुवाइ हुने भएको छ। शुक्रवार नै सुनुवाई हुने भनेपनि समय अभावका कारण सुनुवाई हुन सकेको थिएन । आज ती मुद्दाहरुको सुनुवाईका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुँदैछ।

विभिन्न व्यक्तिहरूले हालेका रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्। त्यसपछि फेरि संघीय संसदको दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए। तर संसदले पठाएको १५ दिनसम्म पनि राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्नुपर्ने सम्वैधानिक ब्यवस्था भएपनि उनले त्यसलाई अश्वीकार गरिदिइन् ।

राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै त्यसपछि सर्वोच्चमा मुद्दा परेका हुन्।

प्रतिक्रिया