शनिबार, वैशाख ८, २०८१

सिट बाँडफाँट अझै सकस

कार्यदलको मात्रै बैठक आज, प्रचण्ड चितवनबाट फर्केपछि भोलि गठबन्धनको बैठक बस्ने

मेरोन्यूज २०७९ असोज ९ गते १०:५२

काठमाडौं । सत्ता गठबन्धन दलले आगामी चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गरेपनि सिट बाँडफाँट मिलाउन सकिरहेका छैनन । गत साउन २० गते यता गठबन्धन दललले कार्यादल नै बनाएर सिट बाँडफाँटको गृहकार्य गरिरहेका छन् ।

शनिबार साँझसम्म गठबन्धनका मुख्य दुई दल कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका वीचमा छलफल भएपनि कुरा मिलिसकेको छैन ।

शनिबार बिहान र दिउँसो गरी दुई चरणमा देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर प्रचण्ड स्थलमार्ग हुँदै चितवन पुगेका छन् । उनी आज दिनभर चितवनको आफनो निर्वाचन क्षेत्रका कार्यक्रमहरुमा नै ब्यस्त रहने छन् । भोलिमात्रै प्रचण्ड चितवनबाट फर्किने र त्यसपछि मात्र गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्नेछ ।

तर कार्यादलको बैठक भने आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रतिनिधीसभातर्फको १६५ निर्वाचन क्षेत्रमध्ये करिव १३० निर्वाचन क्षेत्र आसपासमा दलहरुका वीचमा सहमति जुटेको र वाँकी ३० देखि ३५ निर्वाचन क्षेत्रमा भने कांग्रेस –जसपा, कांग्रेस –माओवादी, माओवादी– जसपा, कांग्रेस–एकीकृत समाजवादी लगायतका दलहरुको सहमति जुटन बाँकी छ । जसकाकारण भागवन्डा मिलिसकेको छैन ।

तर कार्यादललाई प्रतिनिधीसभाको मिल्न बाँकी क्षेत्र छोडेर आज दिनभर प्रदेश सभा तर्फको भागवन्डाको गृहकार्य गर्न नेताहरुले निर्देशन गरेका छन् । सोही अनुसार कार्यादलले प्रदेश सभातर्फको ३३० सिटको भागवन्डाका विषयमा आजको बैठकमा गृहकार्य गर्ने तयारी गरेका छन् ।

कार्यादलले प्रदेश सभातर्फ आज गर्ने छलफल र प्रचण्ड चितवनबाट भोलि सोमबार फर्केपछि बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि भने सिट वाँडफााट मिलाउने गरी निर्णायक छलफलमा बस्ने नेताहरुको तर्क छ ।


कांग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कांग्रेसका ३ र अन्य दलका २–२ जना नेता रहेको कार्यदल गठबन्धन दलले बनाएका थिए ।

प्रतिक्रिया