बिहीबार, वैशाख १३, २०८१

गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ असोज ९ गते १०:०४


काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधारण सभा २०७९ असोज ०८ गते सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका सहकारी बिभागका बिभाग प्रमुख तिर्थ राज थापा को
प्रमुख आतिथ्यमा तथा सो संस्थाका अध्यक्ष शोभा आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त साधारण सभामा ६३ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने र आफ्नो संस्थाको गतिबिधी इन्टरनेको माध्यामबाट सबैले हेर्न र पढ्न पाउनु पर्ने बनाउनु पर्ने बताउनुहदै यस नगरपालिका तथा सहकारी बिभागले यसको काम अगाडी बडाइरहेको बताईन् ।

प्रतिक्रिया