शुक्रबार, वैशाख ७, २०८१

कामु प्रधानन्यायाधीश कार्की उमेर हदका कारण आजबाट अवकाश, अब को बन्लान् कामु प्रधानन्यायाधीश ?

मेरोन्यूज २०७९ असोज ९ गते ९:५३

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश दिपकुमार कार्की आजबाट अवकास लिदैछन् । असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका कार्कीलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो। सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजागत पूर्णिमासम्म बन्द रहने हुँदा कार्कीलाई आइतबार नै बिदाइ गर्न लागिएको हो।

गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाअभियोग लागेपछि कार्कीले वरिष्ठ न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन् । तर अब कार्कीले अवकाश लिएसँगै को बन्छन् कायममुकायममा प्रधानन्यायाधिश राणा नै आउँछन् या अरु नै आउँछन् त्यो भने बिस्तारै खुल्दै जाला ।

प्रतिक्रिया