शनिबार, वैशाख ८, २०८१

कांग्रेसको समानुपातिक सूचीमा प्रधानमन्त्रीपत्नीदेखि व्यापारीसम्म ( को-काे परे बन्दसूचीमा )

मेरोन्यूज २०७९ असोज ९ गते ९:०६

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।

बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन विभिन्न क्षेत्रका व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा.सुरेशकुमार कनोडिया, मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्यालदेखि व्यापारी अनिल रुँगटाको नाम सूचीमा रहेको छ ।

उक्त बन्दसूचीमा प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।
त्यसैगरी, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन् ।

पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । बन्दसूचीमा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत पनि परेका छन् । उनले नुवाकोट १ बाट प्रत्यक्ष चुनाव लड्न चाहेका थिए । तर उनले त्यहाँ टिकट नपाउने भएपछि उनी पनि समानुपातिक सूचीमै परेका हुन् । यधपी कांग्रेसले बुझाएको सूचीमा शेखर कोइराला पक्षले भने असन्तुष्टि जनाईरहेको छ ।

कोईराला समुहले भने निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग शेखर कोइराला पक्षका नेताहरुको छ ।

प्रतिक्रिया