बुधबार, वैशाख १२, २०८१

निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्ने

मेरोन्यूज २०७९ असोज ९ गते ७:१९

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक पार्टीसँग छलफल गर्ने भएको छ। आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो। प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको आयोगका एक आयुक्तले बताए । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो।

प्रतिक्रिया