सोमबार, वैशाख ३१, २०८१

सरकारीकरण हुने जग्गा व्यक्तिको नाममा, ६ जनाविरुद्ध मुद्दा

मेरोन्यूज २०७९ असोज ७ गते १६:३९

काठमाडौँ । सरकारीकरण हुनु पर्ने जग्गा व्यक्तिका नाममा लैजाने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अपुताली खाने कोही नभएको जग्गा व्यक्तिको नाममा लैजाने उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका ६ का वडाध्यक्ष समेत छन् । यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुद्रसेन साह, बढैयाताल गाँउपालिका ६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस–१ मा चिरकु तेलीका नामको २ विगाहा ६ कट्ठा जग्गा २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही नभएपछि व्यक्तिको नाममा लगेका थिए । कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो ।

अख्तियारले उनीहरूमाथि ५४ लाख ८० हजार विगो माग दाबीसमेत गरेको छ ।

प्रतिक्रिया