बिहीबार, वैशाख ६, २०८१

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

मेरोन्यूज २०७९ असोज ७ गते ८:१०

काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक ९असई० माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक ९कानुनतर्फ० र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया