शुक्रबार, चैत १६, २०८०

अबदेखि हेपाटाइटिस ‘सी’ संक्रमितको मात्र पनि निःशुल्क उपचार

मेरोन्यूज २०७९ असोज ७ गते ७:०५

काठमाडौं । सरकारले हेपाटाइटिस ‘सी’ संक्रमित सबैखाले बिरामीको चालु आर्थिक वर्षदेखि निःशुल्क उपचार गर्ने भएको छ ।
यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिइन् । उनका अनुसार काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर र त्रिवि शिक्षण अस्पतालबाट मात्र वितरण गरिँदै आएको औषधि अब सातै प्रदेशबाट निःशुल्क उपलब्ध गराइने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिइन् । त्यसका लागि सरकारले यो अर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको उनले बताइन् ।

सरकारसँग हालसम्म हेपाटाइटिस ‘सी’ संक्रमितको यकिन तथ्यांक छैन । गएको वर्षदेखि उनीहरूको निःशुल्क उपचार सुरु गरिएको हो । त्यस कार्यक्रअन्तर्गत गएको आर्थिक वर्षमा ५४ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया