शुक्रबार, चैत १६, २०८०

‘बोट’ को नयाँ उपकरणहरु अब नेपाली बजारमा

मेरोन्यूज २०७९ असोज ६ गते १७:५५

काठमाडौं । भारतीय बजारमा नम्बर वान ब्राण्डका रुपमा स्थापित वायरलेस ‘बोट’का प्रडक्ट नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।

स्क्वायर डायल भएको Wave Pro 47, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, 500 nits ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम boAt ASAP चार्ज टेक्नोलोजीको सात दिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १००% सम्म चार्ज गर्दछ । Wave Pro 47 मा भएको ] IP67 ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध Wave Pro 47 को मूल्य ६,४९९ /- रहेको छ ।

यस कम्पनीले ‘बोट’ को सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sport स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् जसले निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ। यसमा १००+ फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । Xtend Sport नेपालको सबै रिटेल आउटलेटमा ६,४९९/- मूल्यमा उपलब्ध छ ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड–Rockerz 330Rockerz 255 Pro Plus पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै ‘बोट’ सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्द छन् । बजारमा यसको मूल्य रु. ३,३९९/- देखि ३,४९९/- रहेको छ ।

टेलिटक प्रा. लि. का कार्यकारी निर्देशक श्री प्रतीक जालानले भने , “विगत केही महिना देखि हामीले हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई द्ययब्त को स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ । हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले द्ययब्त को उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।

Advertisement

प्रतिक्रिया