सोमबार, जेठ ७, २०८१

मकवानपुरको भीमफेदीमा बस दुर्घटना : ७ जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज ६ गते १६:२५
फाईल तस्बिर

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भीमफेदी गाउँपालिका गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जानकारी दिए । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया