शनिबार, वैशाख ८, २०८१

बागमती प्रदेश स्तरीय कराँते हुने

मेरोन्यूज २०७९ असोज ६ गते ७:२८

काठमाडौं । नेपाल सितोरियो कराँते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १४ गतेबाट हुनेछ । 

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जानकारी दिए  । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ ।

पुरुष-महिलाको एकल काँतामा पनि खेल हुनेछ । एकदिने प्रतियोगिताका खेल कोन्ज्योसाम गाउँपालिका- ५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।
 

प्रतिक्रिया