मंगलबार, वैशाख ११, २०८१

मेयर बालेनको नेतृत्वमा ‘यमबुद्ध शान्ति दौड’ हुँदै

मेरोन्यूज २०७९ भदौ ३१ गते १६:१९

काठमाडौं । शनिवार बिहान काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को नेतृत्वमा ‘यमबुद्ध शान्ति दौड’ हुने भएको छ । यमबुद्ध फाउन्डेसनको आयोजनामा ‘यमबुद्ध शान्ति दौड’ हुन लागेको हो ?

मेयर शाहको प्रमुख आतिथ्यमा आयोजना गर्न लागेको ‘यमबुद्ध शान्ति दौड’का लागि शनिबार बिहान ६ बजे नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट गराउन लागेको हो ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ ।

शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ । सहभागीहरुले स्व. र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाउनेछन् ।

प्रतिक्रिया