शनिबार, वैशाख ८, २०८१

सेनाले २२९ अधिकृत क्याडेटमा भर्ना खोल्यो

मेरोन्यूज २०७९ भदौ ३१ गते ८:२८

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट ( सहायक सेनानी) मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।

जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।

भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

प्रतिक्रिया