शुक्रबार, चैत १६, २०८०

भारतसँग नेपाल ४-० गोलले पराजित

मेरोन्यूज २०७९ भदौ २९ गते २१:४५

काठमाडौँ । भारतले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको छ । साफ यू १७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भएको प्रतिस्पधामा नेपाल ४–० गोलले पराजित भएको हो ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औँ मिनेटमा बोबी सिंहले गोल गर्दै भारतले अग्रता दिलाएका थिए । खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए ।

भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२ औँ मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलले उपाधि जिताएका हुन् ।

Advertisement

प्रतिक्रिया