आइतबार, जेठ ६, २०८१

बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनी

मेरोन्यूज २०७९ भदौ २४ गते १८:२१

काठमाडौँ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्टसँगको साइनिङ्ग सेरोमोनी सम्पन्न भएको छ ।

Advertisement

उक्त अवसरमा नेपाल विज्ञापन संघ (आन)का पूर्व अध्यक्ष तथा एड गुरु निर्मल राज पौडेलले भीआईपी क्लबको भिडियो विधिवत रुपमा रिमोटद्वारा स्विचिंग गरी उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले हस्ताक्षर गरेका थिए । साथै उद्घाटित बिहे नेपाल भीआईपी क्लबको बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिइन् ।

श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदीबहिनी) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेका थिए । यस कार्यक्रमलाई भेस्पर वाइन र कर्मा लाउन्जले प्रायोजन गरेको छ।

प्रतिक्रिया