आइतबार, जेठ ६, २०८१

सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा मन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

मेरोन्यूज २०७९ भदौ २४ गते ११:४२

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाशासँग छलफल गरेका छन् । छलफलका क्रममा मन्त्रि शर्माले एसियाली बिकास बैंकलाई नेपालको निजि क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन शर्माले आग्रह गरे ।
नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महतवपुर्ण हुने पनि मन्त्री शर्माले बताएका थिए । ।
नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै बृद्धि भन्दै मन्त्री शर्माले एसियाली विकाश बैङकका उपाध्यक्ष लाभासालाई अनुरोध गरेका थिए ।

Advertisement

एसियाली बिकास बैकका उपध्यक्ष लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने बताए । अर्थ मन्त्रि शर्माले दिनु भएको मार्ग दर्शन अनुशार आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।

प्रतिक्रिया