बिहीबार, जेठ ३, २०८१

नेपाली सेनाले माग्यो एकैपटक ४००० जना कर्मचारी, कहाँ कति ?

मेरोन्यूज २०७९ भदौ २४ गते ७:००

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आज एक सुचना जारी गदैं असोज २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ । खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । दोब्बर शुल्क तिरेर थप एक साता पछिसम्म आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । भर्ना हुनका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवालाको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया