आइतबार, जेठ ६, २०८१

करको दर हेरफेर, कुनमा कति घट्यो ?

मेरोन्यूज २०७९ भदौ २३ गते २०:२६

काठमाडौँ । सरकारले आर्थिक ऐन २०७९ लाई संशोधन गर्दै विभिन्न वस्तुमा करको दर हेरफेर गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित विवरणअनुसार फलामको कच्चा पदार्थको १० प्रतिशत भन्सार करलाई ५ प्रतिशतमा घटाएको छ ।

Advertisement

यस्तै, स्यानिटरी प्याडको आयातमा अन्तःशुल्क लाग्ने नलाग्ने बनाएको छ । यसैगरी बनस्पति घिउ, तेल उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र सूर्यमुखी तेलको आयात गर्दा भन्सार महशुल ९० प्रतिशतसम्म छुट हुने भएको छ ।

प्रतिक्रिया