आइतबार, जेठ ६, २०८१

नबिल बैंक र युनिलिभरबीच सम्झौता

मेरोन्यूज २०७९ भदौ २३ गते १८:३१

काठमाडौँ । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

Advertisement

नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका मुख्य वितरकको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस.एम.ई. कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गाना ज्यूले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एस.एम.ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।

प्रतिक्रिया