आइतबार, जेठ ६, २०८१

सेना-प्रहरीदेखि वीर अस्पताललाई बहाल कर बुझाउन महानगरको पत्र

मेरोन्यूज २०७९ भदौ २३ गते १६:५५

काठमाडौँ । काठमाडौँ महानगरले नेपाली सेना र नेपाल प्रहरीलगायत सरकारी निकायलाई १० दिनभित्र बहाल कर तिर्न आग्रह गरेको छ ।

Advertisement

सेना र प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएपछि महानगरले बहाल कर बुझाउन भनेको हो ।

महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित भएका शंकरदेव, आर.आर, नेपाल ल क्याम्पस, वीर अस्पताललाई पनि बहाल कर बुझाउन भनेको हो । यस्तै, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

बहाल कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया