आइतबार, जेठ ६, २०८१

अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण गर्न बहु सरोकारवालाको सम्मेलन सम्पन्न

मेरोन्यूज २०७९ भदौ २३ गते १६:४८

काठमाडौँ । ललितपुरको होटल हिमालयमा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा अयोजित दुई दिने कार्यशाला अतुल्य फाउन्डेसनद्वारा सम्पन्न भएको छ । विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्था तथा बहु अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव डिल्लीराम शर्माले ‘सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति तर्जुमा गर्ने योजना बनाएको बताए । ‘२०१५ को भुकम्पपछिको अवस्थाले देखाएको विपद्बाट महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन् । यसैलाई दृष्टिगत गर्दै मन्त्रालयले ती समस्यालाई सम्बोधन गर्ने गरी नीति परिवर्तन र कार्यक्रम कार्यान्वयन गर्ने काम गरिरहेको छ,’ उनले भने ।

कार्यक्रममा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचवि श्री डिल्लीराम शर्मा, गृह मन्त्रालयका सह सचिव प्रदिप कुमार कोइराला तथा युएसएआइडी तयार परियोजनाकी ट्यामी ह्यारिसले संयुक्त रुपमा गृहमन्त्रालयले स्वामित्व ग्रहण गरेको पुस्तक ‘अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक हातेपुस्तिका’ को नेपाल, अंग्रेजी तथा ब्रेल संस्करणको विमोचन गरे ।

गैरसरकारी संस्थाको महासंघका तर्फबाट बोल्दै डा. विजया बर्जाचार्यले नीतिहरु लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा मात्र केन्द्रित हुनु पर्ने बताए । तर, अब भने अपाङ्गमैत्री लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई विचार गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डा. डिजन भट्टराईले अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण समब्नधी नीतिहरु अपर्याप्त भए पनि विद्यमान नीतिहरुको कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेकोमा र त्यसो भएमा निकै छोटो अवधिमा अर्को स्तरमा पुग्न सक्नेमा जोड दिए । हेमियोफेलिया सोसाइटीका वेदराज ढुङ्गानाले भने हेमियोफेलियाको जोखिमबाट बच्न सक्ने तथा उनिहरुको समस्यालाई समेत सम्बोधन हुनु पर्नेमा जोड दिनु पर्ने बताए ।

संयुक्त राष्ट्र संघ विकास नियोग (यूएनडिपी)का तर्फबाट बिन्दा मगरले अपाङ्गतालाई समावेशी बनाउने राष्ट्रसंघीय प्रणालीको आफ्नै रणनीति रहेको बताउँदे लैङ्गिक समानता तथा सामाजिक समावेशीता संयुक्त राष्ट्रसंघको कार्यालयमा लागू भइरहेको छ वा छैन भनी निरीक्षण गर्ने अपाङ्गता कार्यदलको बारेमा समेत जानकारी दिइन् ।

प्रतिक्रिया