आइतबार, जेठ ६, २०८१

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

मेरोन्यूज २०७९ भदौ २३ गते १६:३४

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक बीवाईडीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे ।

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ ।

साइमेक्स इंकबाट बिक्री वितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भई मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत सम्भारवापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सीधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बर ९८५१३३२११३ मा फोन, एमएमएसलगायत माध्यमबाट दुर्घटनाको जानकारी गराउन सकिने छ । यसरी सहज र सरल रुपमा सवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ ।

प्रतिक्रिया