आइतबार, जेठ ६, २०८१

होण्डाको दशैंको शुभ लाभ

मेरोन्यूज २०७९ भदौ २३ गते ११:३४


काठमाडौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

७ प्रदेशबाट एक एक जना गरी ७ जनााई रु ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्ने, १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहने गरी होण्डाको दशैंको शुभ लाभ योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया