आइतबार, जेठ ६, २०८१

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

मेरोन्यूज २०७९ भदौ २२ गते १७:३३

काठमाडौं । राउण्ड टेवल नेपालको २०७९ भदौ १८ गते सम्पन्न २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएका छन् । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

Advertisement

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया