आइतबार, जेठ ६, २०८१

नोकिया सी २१ प्लस सिरिजको नयाँ फोन सार्वजनिक

मेरोन्यूज २०७९ भदौ २० गते १८:३५

काठमाडौँ । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र किफायति सी सिरिजअन्तर्गत नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ ।

Advertisement

कूल १६ हजार ९९९ मा उपलब्द यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशले भने ‘उपभोक्ताका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी सिरिज निकालेका छौँ, उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सी २१ प्लस डिजाइन गरिएको छ ।’

एन्ड्रोइड ११ मा १३ एमपी एचडीआर सञ्चालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको छ ।

प्रतिक्रिया