आइतबार, जेठ ६, २०८१

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम करोडमा सिमित

मेरोन्यूज २०७९ भदौ २० गते १६:०८

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ ।

Advertisement

आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको बिक्री भएको छ । आइतबारको कारोबारमा एक अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ । बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ । यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमबार नेप्से सामान्य अंकले घटे पनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.४३ प्रतिशत बढेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयर मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको नौ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया