आइतबार, जेठ ६, २०८१

भदौ २६ देखि नयाँ नोट सटही,सर्वसाधारणले २९ गतेदेखि पाउने

मेरोन्यूज २०७९ भदौ २० गते १२:३६

काठमाडौँ । राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । यो वर्षको दसैँ, तिहार र छठका लागि सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने बैंकको
मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक / एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

Advertisement

चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताए ।

प्रतिक्रिया