आइतबार, जेठ ६, २०८१

सहकारी एकीकरण गर्न सरकारको आग्रह

मेरोन्यूज २०७९ भदौ १९ गते २१:२४

काठमाडौँ । पछिल्लो समय सहकारी देखिएको समस्या समाधान गर्न सहकारी एकीकरण गर्न अनुरोध गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एक सूचना जारी गरी सहकारी एकीकरण गर्न आहग्र गरेको हो ।

Advertisement

‘सहकारी क्षेत्रमा हालै देखिएका समस्या समाधान गर्न सहकारी ऐन, २०७४ को दफा ८७, सहकारी नियमावली, २०७५ को नियम ३९ तथा सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ बमोजिम सहकारी संघ संस्थाहरुको एकीकरणको कार्य प्रति यस विभागको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समय एकपछि अर्को सहकारी सञ्चालक भाग्न थालेपछि देशव्यापी रुपमा सहकारीमा समस्या देखिदै आएको छ ।

प्रतिक्रिया