सोमबार, जेठ ७, २०८१

नेपालमा भिभो भी २५ सिरिज स्मार्टफोनको प्रि बुकिङ खुला

मेरोन्यूज २०७९ भदौ १९ गते १७:५५

काठमाडौँ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोन – भी २५ फाइभजी र भी २५ ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी २५ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउन सक्ने छन् ।

Advertisement

भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताको साथ आउँछ । बहुप्रतिक्षित भी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । भी २५ र भी २५ई दुवैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ । जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ । जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ ।

भी २५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो । जसले उत्कृष्ट क्यामेरा क्षमता प्रदान गर्दछ । र, प्रयोगकर्तालाई स्पष्ट र स्थिर तस्वीर खिच्न मद्दत गर्दछ । भी २५ फाइभजी र भी २५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ ।

भी २५ सिरिजको दुवै स्मार्टफोनमा शक्तिशाली प्रोसेसरहरू छन् । भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी २५ई मा मिडिया टेक हेलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ । भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथै स्मुद अनुभवका लागि भी२५ सिरिजमा ८जीबी र्याम र १२८ जीबी रोम रहेको छ जसमा ८जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ ।

नयाँ स्मार्टफोेन खोजिरहेको सबैका लागि, भी२५ फाइभजी दुई वटा कलर भेरियन्ट –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ । यसको मूल्य ५२ हनार ९९९ रहेको छ ।

भिभो भी २५ई को मूल्य ४२ हजार ९९९ रुपैयाँ छ । यो दुई कलर भेरियन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ । भी२५ सिरिज ४ सेप्टेम्बरदेखि ७ सेप्टेम्बरसम्म प्रि–बुकिङका लागि खुल्ला गरिएको छ ।

प्रतिक्रिया