सोमबार, जेठ ७, २०८१

नबिल बैंक र दराजबीच सम्झौता

मेरोन्यूज २०७९ भदौ १९ गते १७:३५

काठमाडौँ । नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यही आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।

Advertisement

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा २,००० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा २,५०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्डवाहक माझ छुट्टै उत्साह थपिने कुरामा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी २३३ शाखाहरु र २६९ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

प्रतिक्रिया