सोमबार, जेठ ७, २०८१

नर्भिकले तीन दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने

मेरोन्यूज २०७९ भदौ १९ गते १६:०५

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु पीडितहरूलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ ।

Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो । फ्री केमिकल पील सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्ने छन् । यो अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि निःशुल्क हुने छैन ।

नर्भिकले हालै आफ्नो कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको थियो । यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ ।

अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो । यो मसिनको मद्धबाट गुणस्तरीय सेवा लिनेको संख्या पछिल्ला दिन बढ्दो छ ।

प्रतिक्रिया