बिहीबार, जेठ ३, २०८१

चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

मेरोन्यूज २०७९ भदौ १६ गते १३:५३

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।

Advertisement

राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको थियो।

बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले जानकारी दिए।

यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए।

उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्।

प्रतिक्रिया