आइतबार, वैशाख १६, २०८१

बुद्धनगरमा १३ र १४ वर्षका दुई बालक मृत फेला

मेरोन्यूज २०७९ भदौ १५ गते १९:२४

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हामफालेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया