आइतबार, वैशाख १६, २०८१

ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

मेरोन्यूज २०७९ भदौ १५ गते १७:०८

काठमाडौं । विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

सि.सि.टि.भिमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारवाही गरिएको हो । यससंगै, यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ ।

भदौ १ गते देखी १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजि गरि ल्याएका आएका ९७ जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो ।

अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सि.सि.टि.भि फुटेजको आधारमा खोजि गरि गर्ने कारवाहीलाई थप तिब्रता दिदै अगाडी बढाईएको प्रवक्ता भट्टले बताए ।

प्रतिक्रिया