शनिबार, वैशाख १५, २०८१

बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश

मेरोन्यूज २०७९ भदौ १५ गते ११:०५

काठमाडौं । संसदीय छानविन समितिले बयानका लागि बोलाएपछि सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्।

उनीविरुद्धको गत फागुन १ गते संसदका ९८ जना सांसदहरुले पदीय आचरण दुरुपयोग गरी काम गरेको लगायतका आरोप लगाउादै महाभियोग दर्ता गराएका थिए । त्यसपछि यस विषयमा छानविन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले उनलाई बयानका लागि आज विहान ११ बजे संसदीय समितिमा बोलाएका थिए ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ ।

संसदीय समितिको बैठक शुरु भईसकेको छैन । शुरु हुने वित्तिकै र समितिले उनलाई बोलाएपछि उनी बयानका लागि समितिमा जानेछन् ।

प्रतिक्रिया