आइतबार, वैशाख १६, २०८१

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

मेरोन्यूज २०७९ भदौ १५ गते ९:४८

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ’ उनले भने,–‘मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।

प्रतिक्रिया