शुक्रबार, चैत १६, २०८०

५४ जनामा भेटियो हैजा

मेरोन्यूज २०७९ भदौ १ गते १९:२३

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा संक्रमणको कारणबारे विस्तृत अनुसन्धान गर्ने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस बिषयमा अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख डा। चुमनलाल दासले बताए ।

‘काठमाडौंको पानीमा हैजा फैलाउने जीवाणु छ भन्ने पत्ता लाग्यो । तर, कहाँबाट हैजा फैलियो भनेर पत्ता लागेको छैन,’ डा।दासले अनलाइखबरसँग भने, ‘हैजाले कुनै महामारी नै त ल्याएको छैन । सबैतिर हैजा देखिएकाले ब्याक्टेरिया कसरी फैलिँदैछ भन्ने पत्ता लगाउन विस्तृत अनुसन्धान गर्न लागेका हौं ।’

२ असारदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण १ भदौं सम्म आइपुग्दा ५४ जनामा देखिएको छ । इडीसीडीका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको र हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा हैजा देखिएको छ । ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा हैजा देखिएको छ ।

Advertisement

त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

संक्रमित हुनेमध्ये सातजना १४ वर्षमुनिका बालबालिका छन् । परीक्षण गरिएकामा धारा, ट्युबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया