मंगलबार, वैशाख ११, २०८१

लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते

मेरोन्यूज २०७९ भदौ १ गते १८:५४

लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।

बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज ७४१७ नम्बरको जीप घनपाेखराकाे भाचेस्थित सडकबाट बीस मिटर तल खसेकाे थियाे । 

दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेकाे स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए  ।  घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेकाे छैन ।

प्रतिक्रिया