शुक्रबार, चैत १६, २०८०

सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंकस्मार्टएक्स्पी’, ठगी हुन नसक्ने, विभिन्न उपकरणबाट सहजै सञ्चालन गर्न सकिने

मेरोन्यूज २०७९ भदौ १ गते १८:४७

काठमाडौं । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।

एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ । सिदार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड÷पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।

साथै सिदार्थ बैंकस्मार्टएक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।

“ग्राहकहरु मोबाईल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्” सिदार्थ बैंकका एक प्रतिनिधिले भने । “सिदार्थ बैंकले डिजिटल बैंकिङ्गलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नविनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरुले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

सिदार्थ बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र क वर्गको वित्तीय संस्था हो । सन् २००२ मा स्थापना भएको यस संस्थालाई नेपालको सबैभन्दा प्रभावशाली र व्यवशायिक बैंकको रुपमा लिइन्छ । यस बैंकले आफ्ना सबै ग्राहकहरुका लागि बैंकिङ्ग सेवाहरु सहज र सरल रुपमा पहुँचयोग्य बनाउँदै अधिकांश सञ्चालनहरुमा डिजिटल बैंकिङ्गलाई एकीकृत गर्दछ ।

Advertisement

“सम्बन्ध सधैभरीलाई” भन्ने नाराका साथ सिदार्थ बैंकले ग्राहक– पहिलो दृष्टिकोणमा भन्ने हेतुले बजारको नेतृत्व गरिरहेको छ ।

सिदार्थ बैंकस्मार्टएक्सपी प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध छ ।

प्रतिक्रिया